सिरहाका डीएसपी पासवान ‘पुलिस अफ द मन्थ’

सिरहाका डीएसपी पासवान ‘पुलिस अफ द मन्थ’

सिरहा : नेपाल प्रहरीले प्रत्येक महिनामा प्रदान गर्ने ‘पुलिस अफ द मन्थ’को उपाधि यसपटक सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) बिरेन्द्र कुमार पासवानलाई प्रदान गरिएको छ। उक्त सम्मान जेठ महिनाका लागि दिइएको हो।

प्रहरी संगठनले तोकेको जिम्मेवारीप्रति उच्च लगनशीलता, कर्तव्यनिष्ठ, प्रभावकारी सुरक्षा व्यवस्थापन तथा नागरिकसँगको समन्वयमा उल्लेखनीय योगदान पुर्याएको भन्दै पासवानलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्र.ना.उ. पासवानले सुरक्षाप्रति आम नागरिकमा विश्वास जगाउने सूचना प्रवाहलाई सहज बनाउने र प्रहरी–नागरिक सम्बन्ध मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनी संगठनप्रति इमानदारिता र निष्ठाका साथ खटिँदै आएका छन्।

सम्मान कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले पासवानको निरन्तर उत्कृष्ट कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यस्तै उदाहरणीय योगदान जारी रहोस् भन्दै शुभकामना व्यक्त गरेको छ।

असार ५, २०८२ बिहीबार २०:३४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।