ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य, सदस्यलाई विशेष बैंकिङ सेवा

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य, सदस्यलाई विशेष बैंकिङ सेवा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) बीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सहकार्य अनुसार ग्लोबल आइएमई बैंक आइडिया नेपालको आधिकारिक बैंकको रूपमा सेवा प्रदान गर्नेछ।

सम्झौता अनुसार, आइडिया नेपालको आवश्यकता अनुसार बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयमार्फत आइडिया नेपालका सम्पूर्ण सदस्यहरूलाई बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउनेछ।

ग्लोबल आइएमई बैंक हालै ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ र युरो मनीको ‘अवार्ड फर एक्सेलेन्स २०२४’ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ। यसअघि पनि बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संघसंस्थाबाट विभिन्न सम्मान तथा पुरस्कारहरू प्राप्त गरिसकेको छ।

देशभर ७७ वटै जिल्लामा सेवा विस्तार गरिसकेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो, जसको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशस्थित प्रतिनिधि कार्यालयहरू छन्। बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।

साथै, बैंकले नेपालभित्र मात्र नभई अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

असार ५, २०८२ बिहीबार १९:५०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।