‘स्टार मेकर’ एपबाट प्रेममा फसाएर भारत लैजाँदै गर्दा एक किशोरीको सीमाबाट उद्धार

रौतहट : १३ वर्षीया एक नेपाली किशोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा भारतीय सुरक्षा निकायको सहयोगमा रक्सौल सीमाबाट उद्धार गरिएको छ।
भारतको सीमा सुरक्षा बल, जुभेनाइल एड सेन्टर र डंकन अस्पतालअन्तर्गतको न्याय नेटवर्क परियोजनाको संयुक्त पहलमा उक्त किशोरीलाई सीमाबाट सुरक्षित रूपमा उद्धार गरिएको हो।
किशोरीलाई काठमाडौंबाट राम्रो जागिर र विवाहको प्रलोभन देखाएर भारत लैजाने प्रयास भइरहेको थियो। स्टार मेकर एपमार्फत भारत, बिहारको पूर्वी चम्पारणका शेख रिजवानसँग मित्रता बढेपछि उनीहरूबीच प्रेम सम्बन्ध विकसित भएको किशोरीले बताएकी छन्।
मानव तस्करी रोधी इकाईले तत्काल कारबाही गर्दै किशोरीलाई सुरक्षित राखेको र रिजवानलाई रक्सौलको हरैया थानामा बुझाइएको छ। रिजवानविरुद्ध मानव तस्करी सम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जनाइएको छ।
असार ५, २०८२ बिहीबार १७:११:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।