तीन शीर्ष नेताको बैठक आजपनि बस्न सकेन

तीन शीर्ष नेताको बैठक आजपनि बस्न सकेन
Filephoto

काठमाडौं : समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बिहिबारका लागि तय भएको बैठक स्थगन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

बुधबारका लागि तय भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित नभएपछि बिहिबारका लागि सारिएको थियो। 

असार ५, २०८२ बिहीबार १५:३९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।