सांसद थापाले संसदभित्रै च्याते बजेट पुस्तिका

सांसद थापाले संसदभित्रै च्याते बजेट पुस्तिका

काठमाडौं : एकीकृत समाजवादीका सांसद अमर बहादुर थापाले संसदभित्रै बजेट पुस्तिका च्यातेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सरकार उल्टो बाटोमा हिँडेको र जुम्ला जानका लागि दैलेखबाट ७९ किलोमिटर बाटो छोटो छ भन्दा भन्दै बजेट नहालिएको भन्दै उनले बजेट पुस्तिका च्यातेका हुन्।

‘भौतिक पूर्वाधार मन्त्रालय उल्टो बाटो हिडिँरहेको देखिन्छ। दैलेख हुँदै जुम्ला जानलाई ७९ किलोमिटर बाटो फरक पर्छ भन्दा पनि सरकारले सुनेको छैन।’

भौतिक मन्त्रालयको बजेटले दैलेख मात्र नभएर धेरै जनतालाई सम्बोधन गर्न नसकेको भन्दै उनले बजेट जनतामुखी नभएर नेतामुखी र मन्त्रीमुखी आएको उननको भनाइ छ।

उनले अगाडि भने, ‘नेतामुखी र मन्त्रीमुखी बजेट भएकाले यो बजेटको किताब च्यात्ने अनुमति चाहन्छु।’

सांसद थापाले दैलेख क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीको तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।

असार ५, २०८२ बिहीबार १३:४८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।