विश्वको सबैभन्दा ठूलो हिरा बजारमा इरानी मिसाइल, अकरको हतियार उत्पादन केन्द्रमा इजयरायली आक्रमण

विश्वको सबैभन्दा ठूलो हिरा बजारमा इरानी मिसाइल, अकरको हतियार उत्पादन केन्द्रमा इजयरायली आक्रमण
बिहीबार इजरायलको रमत गानमा इरानी क्षेप्यास्त्र आक्रमण भएको स्थलको निरीक्षण गर्दै उद्धारकर्मी र सैन्य कर्मचारीहरू। ओडेड बालिल्टि/एपी

एजेन्सी : इजरायलले इरानको अरक हेभी वाटर रियाक्टरमा आक्रमण गरेको छ। आक्रमणबाट भएको क्षतिको बारेमा कुनै जानकारी छैन।

केही घण्टाअघि मात्र इजरायली सेनाले अरक र खोन्डुब शहरका मानिसहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिएको थियो।

अरकमा एउटा हेभी वाटर रिएक्टर छ। यो सुविधा इरानको आणविक कार्यक्रमको एक महत्त्वपूर्ण भाग हो। यस बाहेक, अरकमा ठूलो मात्रामा हतियार उत्पादन गरिन्छ।

इजरायलले खोन्डुबमा पनि आक्रमणको चेतावनी दिएको छ। खोन्डुबमा आईआर-४० हेभी वाटर रिएक्टर पनि छ, जुन इरानको आणविक कार्यक्रमको अर्को महत्त्वपूर्ण भाग हो।

यो सुविधा अरकबाट लगभग ४० किलोमिटर टाढा छ। अरक जस्तै, यसलाई पनि अन्तर्राष्ट्रिय निगरानीमा राखिएको छ।

सातौं दिनमा प्रवेश गरेको इरान र इजरायलबीचको युद्धमा अहिलेसम्म २४ इजरायली मारिएका छन्। यसैबीच, वासिङ्टनस्थित एक मानव अधिकार समूहले इरानमा मृत्यु हुनेको संख्या ६३९ पुगेको र १३२९ जना घाइते भएको दाबी गरेको छ।

उता इरानले भने इजरायली सेनाको गुप्तचर मुख्यालय र सोरोका अस्पताल नजिकैको बेसलाई लक्षित गरेको छ। बिहीबार विहान राजधानी तेल अभिभ नजिकै रहेको रमत गान शहरमा आक्रमणमा २० जना घाइते भएका छन्।

रमत गान राजधानी तेल अभिभबाट लगभग ५ किलोमिटर टाढा छ। यहाँको जनसंख्या १ लाख ७५ हजारभन्दा बढी छ। इजरायलको डायमण्ड एक्सचेन्ज यहाँ अवस्थित छ। यो विश्वको सबैभन्दा ठूलो हीरा बजार मध्ये एक हो।

यसका अलावा इरानले मध्य इजरायलमा रहेको स्टक एक्सचेन्ज भवनमा क्षेप्यास्त्र आक्रमण गरेको छ। अल जजीराका अनुसार यसले भवनमा धेरै क्षति पुर्याएको छ।

यसैबीच जापान, चीन र इन्डोनेसियाले इजरायल र इरानबाट आफ्ना नागरिकहरूलाई फिर्ता लैजाने योजना बनाइरहेका छन्।

जापानका रक्षामन्त्री जेन नाकातानीले इजरायल र इरानबाट मानिसहरूलाई बाहिर निकाल्न अफ्रिकाको जिबूतीमा दुईवटा सी-२ यातायात विमान र १२० सेना पठाइँदै गरेको बताए।

इरानमा लगभग २८० जापानी नागरिक र इजरायलमा १,००० जापानी नागरिक छन्। चिनियाँ दूतावासले शुक्रबारदेखि बसहरूबाट इजरायलबाट मानिसहरूलाई बाहिर निकाल्ने घोषणा गरेको छ। दूतावासका अनुसार चिनियाँ नागरिकहरूलाई ताबा सीमा नाका हुँदै इजिप्ट लगिनेछ।

इन्डोनेसियाली सरकारले पनि इरानबाट आफ्ना नागरिकहरूलाई फिर्ता बोलाउने घोषणा गरेको छ। इरानमा ३८६ इन्डोनेसियाली र इजरायलमा १९४ इन्डोनेसियाली छन्।

असार ५, २०८२ बिहीबार १२:५१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।