तीन दलका शीर्ष नेताको बैठक बस्दै

तीन दलका शीर्ष नेताको बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं : एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बस्ने प्रधानमन्त्री ‌ओलीका स्वकीयउ सचिवालयका सदस्य दीपेन्द्र दाहालले जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

बैठकमा ‌ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका दलका नेताहरू सहभागी हुने उनले बताए।

यसअघि बुधबार नै बैठक बस्ने तय भए पनि माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेकाले आजका लागि सारिएको हो।

असार ५, २०८२ बिहीबार ११:००:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।