सूर्य नेपाल प्रिमियर गल्फ : तेस्रो दिन एमेच्योर राहुलको एकल अग्रता
काठमाडौं : सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाएका छन्।
समग्रमा १६-अन्डर २ सयको स्कोरसहित उनले साविक विजेता सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन्। सुबाश १५-अन्डर २ सय १ स्कोरसहित दोस्रो स्थानमा छन्।
अर्का एमेच्योर सदभाव आचार्य १३-अन्डर २ सय ३ स्कोरसहित तेस्रो स्थानमा रहेका छन्। बिहीबार भुवन नगरकोटीले दिनकै उत्कृष्ट ८-अन्डर ६४ स्कोर गरे।
कुल १६ लाख नगद पुरस्कार राशी रहेको यस प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ पाउनेछन्। चार दिने प्रतियोगितापछि शनिवार प्रो-एम हुनेछ।
असार ५, २०८२ बिहीबार ०९:१७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।