‘फोटोन टुनल्यान्ड जी ७’ नेपालमा सार्वजनिक हुँदै

‘फोटोन टुनल्यान्ड जी ७’ नेपालमा सार्वजनिक हुँदै

काठमाडौं : चीनको नम्बर १ व्यावसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ पिकअप गाडी ‘फोटोन टुनल्यान्ड जी ७’ नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ। 

बिल्ट फर हिमालयज भन्ने नारासहित बजारमा आउन लागेको यो पिकअप गाडी नेपाली भौगोलिक चुनौतीलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ।

नेपालमा डेब्यू गर्न लागिरहेको टुनल्यान्ड जी ७ ले उकालो–ओरालो, असहज बाटो र हिमाली भूगोलमा सजिलै गुड्न सक्ने क्षमता राख्दछ। यसमा १६० हर्सपावरको शक्ति र ३९० एनएम टर्क रहेको छ भने २२५ मिमीको ग्राउन्ड क्लियरेन्सले कठिन भूभागमा समेत सहजता ल्याउँछ। साथै, हिल होल्ड कन्ट्रोल, हिल डिसेण्ट कन्ट्रोल र पुस-स्टार्ट इन्जिन बटन जस्ता फिचरहरूले यात्रालाई थप सुरक्षित र सरल बनाउनेछन्।

टुनल्यान्ड जी ७ मा शक्ति मात्र होइन, आरामदायी यात्रा अनुभव पनि सुनिश्चित गरिएको छ। यसको १२.३ इन्चको इन्फिनिटी स्क्रिनले नेभिगेसन र मनोरञ्जनको सुविधा दिन्छ। चालक र यात्रु दुवैका लागि सिटहरू हीटेड र भेन्टिलेटेड छन् र १२ तरिकाले इलेक्ट्रिक रूपमा एड्जस्ट गर्न मिल्ने खालका छन्। 

यसमा दिइएको प्यानोरामिक सनरूफले यात्रालाई खुलापन र प्रकृतिसँगको सम्पर्कको अनुभूति दिलाउँछ भने स्वचालित एयर कन्डिसनिङले जुनसुकै मौसममा पनि सहज वातावरण प्रदान गर्नेछ।

फोटोनले सधैं नवप्रवर्तन (इनोभेसन) लाई प्राथमिकता दिँदै आएको छ, र टुनल्यान्ड जी ७ त्यसैको प्रमाण हो। यो गाडी नेपालका लागि मात्र ल्याइएको नभई नेपाली भौगोलिक अवस्था, भावना र आवश्यकता अनुसार डिजाइन गरिएको बताइएको छ। 

असार ४, २०८२ बुधबार १८:५३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।