फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को प्रचारमा हिममानव र पूर्णबहादुरको सारंगीको प्रयोग

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को प्रचारमा हिममानव र पूर्णबहादुरको सारंगीको प्रयोग

काठमाडौं : भिओथ्रीबाट एआइले नेपाली भाषामा समेत भिडियो बनाउने सुविधा दिएसँगै अहिले टिकटक लगायतका प्लेटफर्महरूमा रमाइला भिडियोहरूको संख्या बढेको छ। ताल तालका क्यारेक्टरले नेपाली बोल्दा कतै साँच्चिकै पात्र त हैन भन्नेसम्मको भान दिन्छ ती भिडियोका पात्रहरूले।

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को टिमले पनि निःशुल्क प्रयोग गर्न सकिने त्यसैको उपयोग गर्दै अहिले आफ्नो फिल्मको प्रचार सुरु गरेको छ। उसले फिल्म प्रचारमा हिममानव यतिदेखि अन्य पात्रहरूको समेत प्रयोग गरेको छ।

‘अभिमन्यु : च्याप्टर–१’ को टिमले फिल्म भदौ २७ मा रिलिजको तयारी गरेको छ। ‘अभिमन्यु : च्याप्टर–१’को प्रचारमा पूर्णबहादुरको सारंगीको ब्रान्ड भ्यालुको समेत प्रयोग गरिएको छ। यी दुवै फिल्मको निर्माता एकै हुन्।

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ अहिले पोस्टप्रोडक्सनमा छ। फिल्मको मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन्।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको फिल्ममा क्रिएटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए।

‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। निर्माण पक्षले यो फिल्म हिन्दी र नेपाली भाषामा रिलिज हुने जानकारी दिएको छ।

असार ४, २०८२ बुधबार १६:१५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।