उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक कार्यसूचीबारे छलफल गरेर सकियो

उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक कार्यसूचीबारे छलफल गरेर  सकियो

काठमाडौं : कार्यसूचीबारे छलफल गरेर उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सकियो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार बसेको बैठकमा सामान्य छलफल मात्रै भयो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे छलफल भएको थियो।

गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गरेको थियो। बुधवारको बैठकले आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन यथाशीघ्र गर्नेगरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने निर्णय भयो।

आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री राजकुमार गुप्तालगायत सहभागी थिए।

असार ४, २०८२ बुधबार १६:०४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।