नौ सयले बढ्यो सुन, चाँदीमा एकै दिन ६५ रुपैयाँको बढोत्तरी

नौ सयले बढ्यो सुन, चाँदीमा एकै दिन ६५ रुपैयाँको बढोत्तरी

काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबारको तुलनामा सुन तोलामा नौ सय रुपैयाँ बढ्दा चाँदी तोलामै ६५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ९५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य एक लाख ९५ हजार रुपैयाँ कायम थियो।

त्यस्तै हिजो तोलाको दुई हजार १ सय ६० रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज दुई हजार दुई सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो।
 

असार ४, २०८२ बुधबार १०:५६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।