इरानी सर्वोच्च नेता खामेनीले भने- इजरायसँग शान्ति सम्झौता हुँदैन, अब युद्ध सुरू भयो

इरानी सर्वोच्च नेता खामेनीले भने- इजरायसँग शान्ति सम्झौता हुँदैन, अब युद्ध सुरू भयो

एजेन्सी : इरान र इजरायलबीच जारी द्वन्द्वका क्रममा दुवै पक्षका नेताहरूबाट कडा र धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक भएका छन्।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग शान्ति सम्झौता नगर्ने बताउँदै ‘युद्ध सुरू भएको’ घोषणा गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीलाई नै लक्षित गरी धम्की दिएका छन्।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, अयातोल्लाह अली खामेनीले सामाजिक सञ्जाल एक्समा श्रृङ्खलाबद्ध पोस्ट गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले एक पोस्टमा भनेका छन्, ‘इरानले इजरायलसँग कहिल्यै शान्ति सम्झौता गर्नेछैन।’ लगत्तै उनले अर्को पोस्टमा लेखे, ‘युद्ध सुरू भयो।’

खामेनीले अझै कडा शब्द प्रयोग गर्दै इजरायलप्रति लक्षित भएर लेखेका छन्, ‘हामीले आतंककारी यहूदी शासनलाई कडा जवाफ दिनुपर्छ। हामी यहूदीहरूलाई कुनै दया देखाउने छैनौं।’

खामेनीको यो भनाइ आउनुअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत इरान र खामेनीमाथि निशाना साँधेका थिए।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोशल’ अकाउन्टमा लेखेका थिए, ‘हामीलाई राम्ररी थाहा छ कि तथाकथित सर्वोच्च नेता कहाँ लुकेका छन्। उनी सजिलो निशाना हुन्, तर उनी अहिले त्यहाँ सुरक्षित छन्।’

ट्रम्पले थपेका थिए, ‘हामी उनलाई मार्ने छैनौं, कम्तिमा अहिले त होइन। तर हामी नागरिक वा अमेरिकी सैनिकहरूमाथि मिसाइल प्रहार होस् भन्ने पनि चाहँदैनौं। यदि भयो भने हाम्रो धैर्यता टुट्नेछ।’

उनले विनाशर्त सरेन्डर गर्न समेत इरानलाई चेतावनी दिएका थिए।

स्मरण रहोस्, इजरायलले जुन १३ मा इरानको आणविक कार्यक्रमसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरेपछि दुई देशहरू बीचको तनाव थप बढेको छ र द्वन्द्व जारी छ।

असार ४, २०८२ बुधबार ०७:५४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।