इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमाथि आक्रमण

काठमाडौं : इजरायलले इरानको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा सैन्य आक्रमण गरेको छ। सोमबार भएको आक्रमण केही मिनेटमै पुनः प्रसारण सुचारु भए पनि यसले इजरायल–इरान सम्बन्धमा थप तनाव चर्काएको छ।
आईआरआईबीका एक वरिष्ठ अधिकारीले आक्रमण पुष्टि गर्दै भने, ‘इरानी जनताको शत्रु यहुदी शासनले केही मिनेटअघि हाम्रो समाचार सञ्जालविरुद्ध आक्रमण गरेको हो।’
यो आक्रमण इजरायलले १३ जुनमा इरानमा गरेको हवाई हमलाको पछिल्लो कडी हो। त्यसको जवाफी कारबाहीस्वरूप इरानले पनि इजरायलतर्फ मिसाइल प्रहार गरेको थियो।
इजरायल र इरानबीच जारी प्रतिशोधपूर्ण कारबाहीहरूले मध्यपूर्वको स्थिति अझै अस्थिर बनाएको छ। सुरक्षा विश्लेषकहरूले यो घटनालाई दुबै मुलुकबीचको साइबर र सैन्य द्वन्द्व एकसाथ अघि बढेको संकेतको रूपमा हेरेका छन्।
असार ३, २०८२ मंगलबार २१:४०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।