श्रीमतीलाई नक्कली जागिर दिएको आरोपमा फ्रान्सका पूर्व प्रधानमन्त्रीलाई चार वर्ष कैद

एजेन्सी : फ्रान्सका पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलनलाई श्रीमतीको नक्कली जागिर प्रकरणमा संलग्न रहेको ठहर गर्दै अदालतले चार वर्ष कैद सजाय सुनाएको छ। यद्यपि अदालतले तोकेको शर्त पूरा गरेमा उनी जेल बस्नुपर्ने छैन।
फिलनले आफ्नी पत्नी पेनिलोप फिलनलाई संसदीय सहायकका रूपमा नक्कली जागिर दिएको आरोपमा सन् २०२२ मै दोषी ठहर भइसकेका थिए। उक्त जागिरबाट पेनिलोपले सार्वजनिक कोषबाट लाखौँ युरो पारिश्रमिक लिएकी थिइन्, तर उनले कुनै काम नगरेको प्रमाणित भएको थियो।
अदालतले फिलनलाई तीन लाख ७५ हजार युरो (अन्दाजी चार लाख ३३ हजार अमेरिकी डलर) जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ। साथै अबको पाँच वर्षसम्म उनले कुनै पनि निर्वाचनमा उम्मेदवारी दिन नपाउने निर्णय गरिएको छ।
यो सजाय सन् २०२२ मा दिइएको एक वर्षको जेल सजायभन्दा केही खुकुलो मानिएको छ। त्यो बेलामा फिलनलाई जेल पठाउने निर्णय गरिएको थियो।
फ्रान्सको सर्वोच्च पुनरावेदन अदालत, कोर्ट अफ क्यासेसनले अघिल्लो फैसला उल्ट्याउँदै पुनः सुनुवाइ गर्न आदेश दिएको थियो, त्यसपछि अहिलेको नयाँ फैसला आएको हो।
यहि काण्डका कारण फिलन सन् २०१७ को फ्रान्स राष्ट्रपतीय निर्वाचनमा पराजित भएका थिए।
असार ३, २०८२ मंगलबार २१:०९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।