एससीटी यूपीआई कार्डका प्रयोगकर्तालाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

काठमाडौं : स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको एससीटी यूपीआई कार्ड प्रयोगकर्ताहरूका लागि मौलाकाली केवलकारमा विशेष छुटको अफर सार्वजनिक गरिएको छ।
अब यूपीआई कार्ड प्रयोग गरी मौलाकाली केवलकारको टिकट खरिद गर्दा ग्राहकहरूले १० प्रतिशत छुट पाउनेछन्। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भुक्तानी सेवा प्रदायक संस्था एससीटी र मौलाकाली केवलकारबीचको सहकार्यमा ल्याइएको यो अफरले आन्तरिक पर्यटन र डिजिटल कारोबार दुवैलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।
नवलपुरको गैँडाकोटमा समुन्द्री सतहदेखि १ हजार ८ सय ४१ फिट उचाइमा अवस्थित मौलाकाली मन्दिरमा पुग्न यात्रालाई सजिलो बनाउने उद्देश्यसहित केबलकार सञ्चालनमा ल्याइएको हो। भक्तजन र पर्यटकका लागि अझ सहज र सुलभ यात्राको अनुभव दिने हेतुले यो छुट अफर सुरु गरिएको हो।
यस अफर अन्तर्गत कार्डधारीहरूले एप मेसिनमार्फत टिकट खरिद गर्दा मात्र छुटको लाभ लिन सक्नेछन्। हाल एससीटीले २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारीहरूमार्फत यूपीआई कार्ड वितरण गर्दै आइरहेको छ।
एससीटीका अनुसार यो छुट योजना डिजिटल कारोबारको प्रयोगलाई प्रोत्साहन गर्ने र नगदरहित समाजतर्फको यात्रामा महत्वपूर्ण टेवा पुर्यािउने उद्देश्यले ल्याइएको हो। अझै कार्ड नभएका इच्छुकले आफ्नो नजिकको बैंक वा सहकारी संस्थामा सम्पर्क गरी कार्ड प्राप्त गरेर छुटको लाभ लिन सक्नेछन्।
असार ३, २०८२ मंगलबार २०:३८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।