टिकटकर विरुद्ध सक्रिय भयो प्रहरी,  रमापछि ड्राइभर रमेश पक्राउ

टिकटकर विरुद्ध सक्रिय भयो प्रहरी,  रमापछि ड्राइभर रमेश पक्राउ

काठमाडौं :  विभिन्न व्यक्ति र संस्था लक्षित गरेर तथ्यहीन सामाग्री प्रसारण गरेको आरोपमा टिकटकर रेशमराज पौडेल पक्राउ परेका छन्। टिकटकमा ‘ड्राइभर रेशम’ले परिचित उनलाई प्रहरीको साइवर ब्युरोले पक्राउ गरेको हो।

ब्युरोमा जाहेरी परेको आधारमा उनलाई पक्राउ गर्न साइबर ब्युरोले खोजी गर्दा उनी नेपालगन्जको रुपैंडियामा फेला परेका हुन्। प्रहरीले उनी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद पाएको जानकारी दिएको छ।

केही दिन अगाडि साइवर ब्युरोले अर्की टिकटकर रमा बस्नेतलाई अनर्गल प्रचार गरेको भन्दै पक्राउ गरेको थियो। युट्युबबाट चरित्र हत्या गर्ने भिडियो प्रसारण गरेको आरोपमा पत्रकार दिलभुषण पाठक विरुद्ध समेत प्रहरीले अदालतबाट पक्राउ आदेश लिए पनि उनी उच्च अदालत गएपछि अदालतबाट 'कानुनी बाहेक धरपकड नगर्न' अल्पकालीन अन्तरिम आदेश आएको थियो।

असार ३, २०८२ मंगलबार १८:४६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।