रवीन्द्र मिश्रको नाममा निस्कियो तीन लाख धरौटी

रवीन्द्र मिश्रको नाममा निस्कियो तीन लाख धरौटी

काठमाडौं : काठमाडौं जिल्ला अदालतले रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक घटनाका अभियुक्तमध्येका एक रहेका मिश्र मुद्दा दर्ताको समयमा फरार थिए। मंगलबार अदालतमा हाजिर भएका उनलाई न्यायाधीश तारादेवी महर्जनको इजलासले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सोमबार अदालतमा हाजिर भएका धवलशम्शेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा छाड्न आदेश दिए अनुसार उनी धरौटी बुझाएर रिहा भइसकेका छन्। अधिकांश धरौटीमा निस्किए पनि यही घटनामा दुर्गा प्रसाईँ लगायतकाहरु भने पुर्पक्षका लागि थुनामा छन्।

धवलसँगै मिश्र विरुद्ध पनि जेठ ११ मा राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको माग दाबीसहित अभियोग पत्र दायर भएको थियो। 

असार ३, २०८२ मंगलबार १८:३४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।