इरान-इजरायल आक्रमण : सामाजिक सञ्जालमा एआईले बनाएको नक्कली भिडियो र फोटोको बाढी

एजेन्सी : इरान र इजरायलबीच जारी हवाई आक्रमणकाक्रमम सामाजिक सञ्जालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएका नक्कली सामग्रीहरू व्यापक रुपमा फैलिरहेका छन्। ती मध्ये केही त करोडौँ दर्शकले हेरेका छन्।
बिबिसी भेरिफाइ टोलीले पुष्टि गरेको एक फोटोलाई उदाहरणका रुपमा लिन सकिन्छ। उक्त तस्बिरमा तेलअविवस्थित दुई वटा अग्ला भवनहरूलाई इरानी क्षेप्यास्त्रले नष्ट पारेको दाबी गरिएको छ। तर त्यो एआईले बनाएको पुष्टि भएको छ।
उक्त तस्बिरमा एआई सामग्रीमा देखिने गाडीहरू बिग्रिएको, भवनहरू पृष्ठभूमिसँग मिलेर गाभिएको त्रुटिहरू देखिएको छ। यो तस्बिर एउटा टिकटक भिडियोबाट लिइएको स्क्रिनसट रहेको र सो एआईले बनाएको हो।
केही प्रयोगकर्ताहरूले भिडियो गेमको दृश्यलाई समेत इरान-इजरायल द्वन्द्वको भिडियो भनेर वास्तविक झैँ देखाएर प्रचार गरिरहेका छन्। एक भिडियोमा एउटा लडाकु विमानमाथि आक्रमण भइरहेको देखाइएको छ। टिकटकमा मात्र १.८ करोड पटक हेरिएको उक्त भिडियो वास्तवमा कम्प्युटर जडित एनिमेसन प्रयोग गरेर बनाइएको हो।
धुवाँ र आगोको स्वरूप अत्यधिक कृत्रिम देखिएको छ र यस्ता दृश्यहरू यसअघि पनि अन्य द्वन्द्वहरूमा नक्कली सामग्रीका रुपमा देखिएका थिए। यो भिडियोलाई युट्युबमा मे महिनादेखि देख्न सकिन्छ। यो लडाकु विमान र एअर डिफेन्स सिस्टमबीचको एक ‘कम्प्युटर सिमुलेटर’ खेलको दृश्य हो।
असार ३, २०८२ मंगलबार १७:३३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।