कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो

काठमाडौं :  गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा निरन्तर विरोध गरिरहेको छ। राप्रपाले पनि रास्वपालाई विरोधमा साथ दिएपछि संसद् चल्न सकेको छैन। यही पृष्ठभूमिमा सत्ताधारी दल नेपाली कांग्रेसले बुधवार आकस्मिक रुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक  भोलि (बुधवार) बिहान साढे ८ बजेका लागि बोलाइएको हो। संसद् अवरोध खोल्न प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग दुई बुँदे सहमति भए पनि रास्वपा र राप्रपाको अवरोध भने जारी नै रहेको छ। अवरोधकाबीच सभामुख देवराज घिमिरेले बैठक चलाइरहे पनि मंगलबारको बैठकलाई भने उनले अगाडि बढाउन सकेका छैनन्।

असार ३, २०८२ मंगलबार १६:४६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।