रास्वपाको अवरोधपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाको लागि स्थगित

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा आधा घण्टाका लागि स्थगित भएको छ।
आजको बैठक सुरू हुनेबित्तिकै राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद डा. चन्दा कार्कीलाई बोल्न समय दिएका थिए।
सांसद कार्कीले भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग गरिन्।
उनलाई बोल्न दिएको दुई मिनेटपछि सभामुख घिमिरे कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अमर्यादित पोशाक लगाएर आउने सांसदहरुलाई संसदबाटै निकाल्ने प्रावधान रहेको भन्दै नियमावली स्मरण गराएका थिए।
मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा निलो रिबनले प्रतीकका रूपमा जनाउने भएकाले सांसदहरूले संघीय सदनमा निलो रिबन लगाएर मानव तस्करीको विरोध जनाएको रास्वपा सांसद मनिष झाले जानकारी दिए।
असार ३, २०८२ मंगलबार १४:२४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।