इरान-इजरायल युद्धबारे जी सेभेन नेताको एकै स्वर- क्षेत्रीय अस्थिरता र आतंकको वास्तविक स्रोत नै इरान हो

इरान-इजरायल युद्धबारे जी सेभेन नेताको एकै स्वर- क्षेत्रीय अस्थिरता र आतंकको वास्तविक स्रोत नै इरान हो

एजेन्सी : क्यानडाको कानानास्किसमा शिखर सम्मेलनका लागि भेला भएका जी सेभेन नेताहरूले इजरायल र इरानको अवस्थाको बारेमा एक विज्ञप्ति जारी गरेका छन्।

‘हामी, जी सेभेन नेताहरू, मध्य पूर्वमा शान्ति र स्थायित्वप्रति हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ।’

विज्ञप्तिमा इरानलाई ‘क्षेत्रीय अस्थिरता र आतंकको वास्तविक स्रोत’को संज्ञा दिँदै भनिएको छ, ‘इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न सक्दैन भन्ने कुरा हामीले निरन्तर भनिरहेका छौँ।’

इरानी संकटको समाधानले गाजामा युद्धविराम सहित मध्य पूर्वमा युद्धको व्यापक कमि ल्याउने विश्वास जी सेभेनका नेताहरूले गरेका छन्।

उनीहरूले अन्तर्राष्ट्रिय ऊर्जा बजारको बारेमा सतर्क रहने र बजारको स्थिरता जोगाउन आफ्ना साझेदारहरूसँग मिलेर काम गर्न तयार रहने पनि बताएका छन्।

असार ३, २०८२ मंगलबार १२:३५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।