चीनले नागरिकलाई भन्यो- सकेसम्म चाँडो इजरायल छोड्नू

एजेन्सी : इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो इजरायल छोड्न आग्रह गरेको छ।
इजरायली हवाई क्षेत्र बन्द भएकाले सुरक्षा सुनिश्चित गर्दै चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई भूमि सीमा नाकाबाट इजरायल छोड्न अपील गरेको छ।
सोमबार जारी गरिएको सूचनामा चिनियाँ दूतावासले चीनका जनतालाई जोर्डन हुँदै देश छोड्न अपील गरेको छ।
इजरायल-इरान द्वन्द्व बढ्दै गएको, नागरिक सुविधाहरूमा क्षति पुर्याउने र नागरिक हताहतको संख्या बढ्दै गएपछि चीनले यस्तो आग्रह गरेको हो।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले सम्बन्धित इजरायली सरकारी विभागहरूले जोर्डन र इजिप्टसँगको इजरायलको सिमाना खुला रहने पुष्टि गरेका छन्।
असार ३, २०८२ मंगलबार ११:५२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।