इनड्राइभको ‘राइड्स फर गोल्स’ अभियान सम्पन्न, पब्लिक स्कूलका खेलमैदान सुधार

इनड्राइभको ‘राइड्स फर गोल्स’ अभियान सम्पन्न, पब्लिक स्कूलका खेलमैदान सुधार

काठमाडौं : विश्वव्यापी मोबिलिटी तथा सहरी सेवा प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्नो ‘राइड्स फर गोल्स’ अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। यो अभियान पब्लिक विद्यालयका खेलमैदान पुनर्निर्माण तथा स्तरोन्नति गरी विद्यार्थीहरूलाई खेलकुदमा सक्रिय बनाउने उद्देश्यले सञ्चालन गरिएको थियो।

गत मे महिनाभरि चलेको यस अभियान अन्तर्गत, प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत रकम छुट्याएर छनोट गरिएका पब्लिक प्राइमरी विद्यालयहरूको खेलमैदान मर्मत गर्न र आवश्यक खेलकुद सामग्री (जस्तै बास्केटबल, फुटसल किट) उपलब्ध गराउन खर्च गरियो।

यस पहलले बालबालिकाहरूका लागि सुरक्षित र राम्रो खेल वातावरण निर्माण गर्न, उनीहरूलाई सानै उमेरदेखि खेलकुदमा लाग्न प्रेरित गर्न र शारीरिक, मानसिक तथा सामाजिक विकासमा सहयोग पुर्याएको कम्पनीले जनाएको छ।

इनड्राइभका अधिकारीहरूले मोबिलिटीलाई समुदाय सशक्तिकरणको माध्यम मान्दै यस्ता अभियानले बालबालिकाको सर्वाङ्गीण विकासमा प्रत्यक्ष सहयोग पुग्ने र टीमवर्क, आत्मविश्वास जस्ता सीप विकास गर्न ठाउँ बन्ने बताएका छन्।

उनीहरूका अनुसार, राइड गर्ने जस्तो साधारण क्रियाकलापले पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने यो अभियानले इनड्राइभको सामाजिक समानता र सामुदायिक विकासमा योगदान दिने लक्ष्यलाई पुष्टि गरेको छ।

असार ३, २०८२ मंगलबार ०९:३७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।