इरानमाथि इजरायली आक्रमणको साउदी अरब र कतारसहित २१ मुस्लिम देशहरूद्वारा निन्दा

एजेन्सी : इजिप्टको नेतृत्वमा रहेको साउदी अरब र कतारसमेत सम्मिलित २१ मुस्लिम देशहरूको समूहले इरानमाथि इजरायलको आक्रमणको निन्दा गरेको छ।
उक्त समूहले नि:शर्त आणविक निशस्त्रीकरणको लागि आह्वान गर्दै द्वन्द्व थप बढ्ने जोखिम भएकाले तत्काल युद्धविरामको लागि आह्वान गरेको छ।
समूहले आणविक हतियारमुक्त मध्य पूर्वको लागि आफ्नो समर्थन व्यक्त गर्दै यस क्षेत्रका सबै राज्यहरूलाई आणविक हतियार अप्रसार सन्धिमा सामेल हुन पनि आग्रह गरेका छन्।
हस्ताक्षरकर्ताहरूमा अल्जेरिया, बहराइन, ब्रुनाई, चाड, कोमोरोस, जिबूती, इजिप्ट, गाम्बिया, इराक, जोर्डन, कुवेत, लिबिया, मौरिटानिया, ओमान, पाकिस्तान, कतार, साउदी अरेबिया, सुडान, सोमालिया, टर्की र संयुक्त अरब इमिरेट्स छन्।
साउदी अरब, कतार र युएई खासगरी अमेरिका समर्थित मुलुक मानिन्छन्। उनीहरूले अमेरिकाको मित्र राष्ट्रबारे विरोधमा बिरलै विज्ञप्ति जारी गर्छन्।
असार ३, २०८२ मंगलबार ०८:२७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।