मलामी गएका किशोरको खोलामा डुबेर मृत्यु

मलामी गएका किशोरको खोलामा डुबेर मृत्यु

दैलेख : मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय  कमल खड्काको डुबेर मृत्यु भएको छ। रतिखोला घाटमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो। 

डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।

घाँस काट्न गएकफ गुराँस गाउँपालिका–४ मैलारीकी महिला ४१ वर्षीया टीका बिसीको शनिबार लडेर मृत्यु भएको थियो। घाँस काट्दै गर्दा खनियाको रुखबाट खसेर शनिबार बिहान मृत्यु भएको थियो। खड्का उनकै मलामी गएका थिए। 

असार २, २०८२ सोमबार २१:४५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।