नेदरल्यान्ड्सले नेपाललाई दियो १ सय ५३ रनको लक्ष्य

काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले नेदरल्यान्ड्ससँगको पहिलो खेलमा १ सय ५३ रनको लक्ष्य पाएको छ।
टस हारेर ब्याटिङ थालेको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनायो। तेजा निदामनुरुले सर्वाधिक ३५ रन बनाए भने सकिब जुल्फिकरले २२ रनको आक्रामक योगदान दिए।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए, ललित राजवंशीले १, नन्दन यादवले २ र कुशल भुर्तेलले १ विकेट लिए।
असार २, २०८२ सोमबार २१:३३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।