‘रूटिन अफ नेपाल बन्द’का सञ्चालक पौडेलविरुद्ध अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश

‘रूटिन अफ नेपाल बन्द’का सञ्चालक पौडेलविरुद्ध अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश

काठमाडौं : सामाजिक सञ्जाल पेज ‘रूटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ।

कानुन विषयका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटपछि अदालतले पौडेललाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

पौडेलले ‘रूटिन अफ नेपाल बन्द’ का टिकटक र इन्स्टाग्राममार्फत ‘मापसे र अन्य ट्राफिक चेकिङका क्रममा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्न नपाउने’ भनेर जानकारी सार्वजनिक गरेका थिए। तर, अदालतको आदेशको वास्तविक भावनाअनुसार यस्तो सन्देश भ्रम पूर्ण भएको भन्दै चौधरीले रिट दायर गरेका हुन्।

रिट निवेदनमा उल्लेख भए अनुसार, अदालतको आदेशले ट्राफिक प्रहरीलाई कानुन अनुसारको कारबाही गर्न रोक लगाएको छैन र विशेष परिस्थितिमा चाबी खोस्न निषेध गरिएको छैन।

यस विषयमा उच्च अदालत पाटनले सामाजिक सञ्जालमा भ्रम पूर्ण सन्देश फैलाएको भन्दै पौडेललाई स्पष्टीकरण मागेको हो।

असार २, २०८२ सोमबार २१:१८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।