११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षभन्दा ८८ अर्बले वृद्धि

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो ११ महिनामा सरकारले १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८ अर्ब रुपैयाँले बढी हो।
अर्थ मन्त्रालयका अनुसार २०८२ असार ३१ गतेसम्म संकलन भएको राजस्वले गत वर्षको ९ खर्ब ३९ अर्ब रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि देखाएको छ।
हालको संकलन वार्षिक लक्ष्यको ८३.२२ प्रतिशत बराबर हो। चालू वर्षको जेठसम्मको राजस्व संकलन लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ तोकिएको थियो।
यस्तै, जेठ महिनामात्रै ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको ८५ अर्ब ११ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।
असार २, २०८२ सोमबार २०:१०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।