त्रिकोणात्मक टी-२० सिरिज : टस जितेर नेपालले नेदरल्याण्ड्सलाई दियो ब्याटिङको निम्तो

त्रिकोणात्मक टी-२० सिरिज : टस जितेर नेपालले नेदरल्याण्ड्सलाई दियो ब्याटिङको निम्तो

काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुकी ७ बजेर ४५ मिनेटबाट स्कटल्याण्डको ग्लास्गोस्थित टिटवुडमा सुरू हुने छ। भर्खरै भएको टसमा नेपालले टस जितेर नेदरल्याण्ड्सलाई ब्याटिङको निम्तो दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिज आइतबारबाट सुरू भएको  हो। पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्डलाई ३९ रनले हराएको छ। 

स्कटल्यान्डमै भएको आईसीसी विश्वकप लिग-टु का खेलपछि नेपालले तीनै टोलीले टी-२० सिरिज खेल्न लागेका हुन्।

नेपाल र देदरल्यान्ड्सबीच अहिलेसम्म १३ टी-२० अन्तर्राष्ट्रिय खेल भएकोमा नेपालले ५ जित्दा नेदरल्याण्ड्सले सात मात्र जितेको छ। एक खेल नतिजाविहीन भएको छ।

सन् २०१५ मा पहिलोपटक आमना-सामना गरेका यी दुई टोलीबीच पछिल्लो भेट २०२४ को टी-२० विश्वकपमा अमेरिकामा भएको थियो, जहाँ नेपाल ६ विकेटले पराजित भएको थियो।

क्यानले कप्तान रोहित पौडेलको कप्तानीमा टी-२० सिरिजका लागि टोलीको घोषणा गरिसकेको छ।

लिग टु खेलिसकेका अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ भने चोटका कारण गुल्सन झा र सोमपाल कामी टोलीबाहिर छन्। उनीहरूको स्थानमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह टोलीमा भित्रिएका छन्।

असार २, २०८२ सोमबार १९:४२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।