माथिल्लो मैवा जलविद्युत् आयोजनामा एनएमबि बैंकको वित्तीय व्यवस्थापन

काठमाडौं : ताप्लेजुङको मैवा खोलामा निर्माणाधीन १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा जलविद्युत् आयोजनामा एनएमबि बैंक लिमिटेडले वित्तीय व्यवस्थापन गरेको छ।
एनएमबि बैंकका तर्फबाट चिफ, सस्टेनेबल इनर्जी बैंकिङ्ग श्री दिनेश दुलाल र काङ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक श्री गणेश प्रसाद सुब्बाबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले परियोजना तोकिएको समयसीमा र गुणस्तरसहित सम्पन्न गर्न सुझाव दिए।
एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजना परियोजनामा लगानी गरिसकेको छ र पर्यावरण तथा सामाजिक जोखिम व्यवस्थापन प्रणाली लागू गरेको जानकारी पनि दिएको छ।
असार २, २०८२ सोमबार १९:२९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।