पोखरामा ट्रायम्फको नयाँ शोरूम, पहिलो दिनमै ५० बाइक डेलिभरी

पोखरा : विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फ अब पोखरामा उपलब्ध भएको छ। शुक्रवार पोखरामा ट्रायम्फको नयाँ शोरूमको औपचारिक उद्घाटन गरिएको हो। यो शोरूमको आधिकारिक डिलरका रूपमा इच्छाशक्ति अटोमोबाइल्स आबद्ध भएको छ।
उद्घाटनकै दिन ५० वटा मोटरसाइकल डेलिभरी भएको ट्रायम्फले बताएको छ। इच्छाशक्ति अटोमोबाइल्सका अध्यक्ष इच्छामान बुद्धाचार्यले पहिलो दिनमै देखिएको जोशले बजारको माग प्रस्ट भएको बताए।
स्पीड ४०० र स्क्र्याम्बलर ४०० एक्स गरी दुई मोडलको बिक्री शुभारम्भ गरिएको हो। नेपाली बजारमा स्पीड ४०० को मूल्य ६ लाख ४९ हजार ९ सय र स्क्र्याम्बलर ४०० एक्सको मूल्य ६ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ट्रायम्फ केवल बाइक नभई "विश्वास, अखण्डता र प्रतीक" भएको बताए। शोरूममा बिक्री, सेवा र स्पेयर पार्ट्स सबै सुविधा उपलब्ध छ।
असार २, २०८२ सोमबार १९:२३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।