बुटवलमा दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता हुँदै

बुटवलमा दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता  हुँदै

बुटवल : दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता यही असार ५ र ६ गते बुटवलमा हुने भएको छ।

नेपाल हाप्किडो संघको आयोजनामा हुने प्रतियोगिताबारे संघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।
कार्यक्रम संयोजक कालीबहादुर घर्ती मगरका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य हाप्किडो खेलमा नयाँ प्रतिभाको पहिचान गर्नु, उनीहरूलाई प्रोत्साहन गर्नु र यस खेलको पहुँचलाई राष्ट्रियस्तरसम्म विस्तार गर्नु हो।

प्रतियोगिता बुटवलस्थित नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयमा आयोजना हुनेछ। प्रतियोगितामा देशभरबाट करिब ५ सयभन्दा बढी खेलाडी, प्रशिक्षक, रेफ्री र निर्णायकहरू सहभागी हुने आयोजकको भनाइ छ।

फाइटिङ, क्याडेट, जुनियर, सिनियर डिभिजनका प्रतिस्पर्धात्मक इभेन्टहरूदेखि हाई फल, लङ फल, उचाइ–दूरीअनुसारका प्रदर्शनात्मक इभेन्ट र सेल्फ डिफेन्ससमेतका प्रतिस्पर्धा समावेश हुने छन्।

प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

असार २, २०८२ सोमबार १७:५६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।