दिपलको नयाँ अफर : ‘ड्राइभ नाउ, पे लेटर’, ६ महिनासम्म किस्ता तिर्नु नपर्ने

दिपलको नयाँ अफर : ‘ड्राइभ नाउ, पे लेटर’, ६ महिनासम्म किस्ता तिर्नु नपर्ने

काठमाडौं : दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु ग्रुपले ग्राहकका लागि नयाँ स्किम सार्वजनिक गरेको छ।

‘ड्राइभ नाउ, पे लेटर’ नामको यो योजना अन्तर्गत दिपलको प्रिमियम इभी किन्ने ग्राहकले पहिलो ६ महिनासम्म कुनै पनि मासिक किस्ता तिर्नु पर्दैन।

दिपलको यो अफरले इभी किन्न चाहने नेपाली ग्राहकहरूको सपना पुरा गर्न अझ सजिलो बनाउने कम्पनीको दाबी छ।

यो स्किम अन्तर्गत पहिलो ६ महिनासम्म निशुल्क मासिक किस्ता, पुरानो कारमा बजारकै उत्कृष्ट एक्सचेन्ज भ्यालु, निशुल्क अटो प्लस इन्स्योरेन्स, ७ किलोवाट वाल चार्जर र ३ किलोवाट ट्राभल चार्जर निशुल्क, २०७८/७९ सालको सडक कर निःशुल्क  जस्ता सुविधाहरू राखिएको छ।

यो अफर दिपल एस ०७, दिपल एस ०७ एल र दिपल एल ०७ मा लागू हुनेछ र नेपालभरिका सबै दिपल शो–रूमहरूमा उपलब्ध छ।

नेपालमा सार्वजनिक भएको एक वर्षमै दिपलले ९०० युनिटभन्दा बढी गाडी बिक्री गरिसकेको छ। कम्पनीका अनुसार दिपल इभीमा सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआर एचयुडी लगायतका १० भन्दा बढी ‘इन्डस्ट्री फर्स्ट’ फिचरहरू छन् जसले गर्दा यो नेपालमै सबैभन्दा रुचाइएको लक्जरी इभी ब्रान्ड बनेको हो।

असार २, २०८२ सोमबार १६:३१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।