अब गुट वा दलको होइन, सिङ्गो राष्ट्रको अभिभावक खोज्ने बेला आयो : महामन्त्री शर्मा

झापा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा सिंगो राष्ट्रको नेतृत्व गर्ने अभिभावक खोजिनुपर्ने समय आएको बताएका छन्।
धुलाबारी खानेपानी उपभोक्ता समितिद्वारा निर्माण हुन लागेको नयाँ ओभरहेड ट्याङ्कीको शिलान्यास गर्दै उनले देश समस्याको भुमरीमा फसेको र त्यसको समाधानका लागि समग्र राष्ट्रिय नेतृत्व आवश्यक भएको बताए।
‘हरेक चुनावले नयाँ सरकार बनाउँछ तर प्रधानमन्त्री त पुरानै अनुहार! यस्तो प्रणालीले जनतामा गुनासो र असन्तुष्टि बढाएको छ,’ शर्माले भने, ‘अब गुट वा दलको होइन, सिङ्गो राष्ट्रको अभिभावक खोज्ने बेला आएको छ। हामी त्यसको सुरुवात गर्नेछौं।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा देशको अभिभावकीय सोचसहितको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामा जोड दिए।
असार २, २०८२ सोमबार १५:३५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।