प्रतिनिधि सभा बैठकमा रास्वपा सांसदको नाराबाजी (तस्बिरहरू)

काठमाडौं : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लेआज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ।
बैठक सुरु भएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिएका सभामुखले त्यसपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए।
परियार बोलेर सकेपछि राप्रपा र रास्वपा सांसदहरुले उठेर संसद अवरोध गरे। त्यसपछि पनि सभामुखले बस्न आग्रह गरे पनि नमानेपछि पेलेरै बैठक सञ्चालन गरिएको हो।
बैठक सञ्चालन गरेपछि रास्वपा सांसदहरु वेल घेर्न आइपुगे भने राप्रपा सांसदले बहिष्कार गरे। बजेटमाथिको छलफल जारी रहँदा रास्वपा सांसदहरुले नाराबाजी गरिरहेका छन्।
असार २, २०८२ सोमबार १३:२३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।