प्रतिपक्षीलाई पेलेरै अघि बढ्यो संसद् बैठक, रास्वपाको अवरोध र राप्रपाको बहिष्कार जारी

प्रतिपक्षीलाई पेलेरै अघि बढ्यो संसद् बैठक, रास्वपाको अवरोध र राप्रपाको बहिष्कार जारी
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै आज पनि सदन अवरोध जारी राखेको हो।

हिजो पनि रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारपछि सभामुखले बैठक अघि बढाएका थिए। बैठकअघि सभामुखले राखेको छलफलमा कुनै सहमति हुन सकेन।

आज पनि राप्रपाले बैठक बहिष्कार गरेको छ भने रास्वपा वेल घेराउमा आएको छ। आज रास्वपाबाट सन्तोष परियार र राप्रपाबाट राजेन्द्र लिङ्देनले बोलेका थिए।

उनीहरूले संख्याको बलमा पेलेर जान खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

असार २, २०८२ सोमबार १३:००:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।