निवर्तमान गभर्नरको हस्ताक्षर भएको १० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा

निवर्तमान गभर्नरको हस्ताक्षर भएको १० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जानकारी दिएको हो।

बैंकद्वारा जारी सूचना अनुसार, यो नयाँ नोट साविककै आकार तथा रङ्गमा हुनेछ। यसमा नेपाल सरकारको जमानत प्राप्त तथा भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट तत्काल रुपैयाँ दश तुरुन्त पाइनेछ भन्ने प्रतिज्ञात्मक वाक्यांश यथावत राखिएको छ।

नयाँ नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र तल्लो भागको बोर्डरमा नेपालीमा ‘वि.सं. २०७९’ लेखिएको नोटको सिरियल नम्बर रहने उल्लेख गरेको छ।

यस्तै पछाडितर्फको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको, मध्य भागमा कृष्णसारको चित्र, तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘RUPEES TEN’ लेखिएको र तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘2024 A.D.’ लेखिएको र नोटको सिरियल नम्बर रहेको छ।

बैंकले यसअघि मिति २०७७ साल मंसीर १० गते देखि प्रचलनमा ल्याइने भनिएको १० रुपैयाँ दरको बैंकनोट सङ्केत नम्बर प ४८ ०००००१ देखि ४९ ९९९९९९ सम्म मध्ये सङ्केत नं. प ४८ ०००००१ देखि ४९ ८००००० सम्मका मात्र चलनचल्तीमा ल्याइएको समेत उल्ले गरेको छ।

असार २, २०८२ सोमबार ११:५७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।