पोखरामा यामाहा ब्लू फेस्ट २०८२ सुरू, असार ६ गतेसम्म चल्ने

पोखरा : दुईपांग्रे सवारी एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट २०८२’ पोखरामा सुरू भएको छ। असार १ गतेदेखि सृजनाचोकमा सुरू भएको यो महोत्सव असार ६ गतेसम्म चल्नेछ।
यस फेस्टिभलमा जुनसुकै ब्रान्डका पुराना बाइक तथा स्कुटरलाई यामाहाका नयाँ मोडलसँग आकर्षक मूल्यांकन र विशेष अफरसहित साट्न सकिन्छ।
ब्लू फेस्टमा जुनसुकै ब्रान्डका बाइक/स्कुटर साट्न सकिनेछ। कर चुक्ता भएका यामाहाका बाइक/स्कुटरको न्यूनतम मूल्याङ्कन ५० हजार र अन्य ब्रान्डहरूको २५ हजार मूल्याङ्कन गरिने कम्पनीले जनाएको छ।
एक्सचेन्जमा अतिरिक्त १० हजार रुपैयाँ बोनस दिइने छ भने छ हजार रुपैयाँको नगद छुट पाइनेछ। यसका अलावा एक्सेसरिज र आर्थिक वर्ष ०८२/८३ को सडक कर भुक्तानी गरिनेछ।
कम्पनीले गारन्टरबिना सहज फाइनान्सिङ सुविधा दिनेछ। महोत्सवमा यामाहाका रेजर हाइब्रिड, आर१५, एमटी१५, एरोक्स लगायत विभिन्न लोकप्रिय मोडलहरू उपलब्ध छन्।
एमएडब्लु राइड्सअन्तर्गतको यामाहा नेपालले आयोजना गरेको यो कार्यक्रम बाइक अपग्रेड गर्न चाहने ग्राहकका लागि लक्षित छ।
असार २, २०८२ सोमबार ११:१२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।