एनसेलको ‘सधैँ अन करोडपति’ योजना, १ करोड रुपैयाँको बम्पर पुरस्कार

काठमाडौं : एनसेलले आफ्ना ग्राहकहरूका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ। योजना अन्तर्गत ग्राहकहरूले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्न सक्नेछन्।
‘सधैँ अन करोडपति’ योजना असार १ देखि लागू भएको छ। यो १२ हप्तासम्म सञ्चालन हुनेछ।
यो योजनामा हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगर पुरस्कार जित्न सक्ने र यो साप्ताहिक नगद पुरस्कार १२ हप्ता सम्म जारी रहने कम्पनीले जानकारी दिएको छ।
यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा-जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्ने कम्पनीले जनाएको छ। यो योजना आइतबारदेखि शनिवारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ।
“यो मनसुनमा, एक दशकभन्दा लामो समयपछि हामीले यति ठूलो योजना सञ्चालनमा ल्याएका छौँ। सबैलाई सधैँ सहज, सुलभ सेवामार्फत जोडी राख्ने हाम्रो प्रतिबद्धता बमोजिम, हामी हाम्रो ‘सधैँ अन’ पहल अन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा धेरै उत्साहित छौँ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने।
ग्राहकहरूले *१२३# डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरू लिन सक्छन् । त्यसैगरी एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ ।
हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन् । यदि ग्राहकहरूले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्नेछन्। यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ।
ग्राहकहरूलाई सेवा खरिद पश्चात् उनीहरूले पाएको आफ्नो टिकट हेर्न सकिने लिङ्क तुरुन्तै एसएमएसमार्फत पठाइनेछ।
एनसेल एपमार्फत, *९९९९# डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।
'यस योजनाको अर्को विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो। उदाहरणका लागि, सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकट प्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले २ वटा टिकटहरू प्राप्त गर्दछन्' विज्ञप्तिमा भनिएको छ।
कुनै पनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य हुने र पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्ने कम्पनीले जानकारी दिएको छ।
हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुने र योजना अवधिभर प्रत्येक आइतबार साँझ ६:३० देखि ७:०० बजेको समयमा एनसेल युट्युब च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिने कम्पनीले जनाएको छ।
नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधै सम्पर्क गर्नेछ।
असार २, २०८२ सोमबार ०४:२२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।