एसियन पेन्ट्सले सार्वजनिक गर्यो ‘कलर नेक्स्ट २०२५’, वर्ष २०२५ को ‘रङ’ को रूपमा ‘कार्डिनल’ रङ घोषणा

काठमाडौं : एसियन पेन्ट्स नेपालले आफ्नो वार्षिक ट्रेन्ड पूर्वानुमान कार्यक्रम ‘कलर नेक्स्ट २०२५’ भव्य रूपमा सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा आर्किटेक्ट, इन्टेरियर डिजाइनर, कलाकार, प्रभावशाली व्यक्तिहरू, क्रिएटिभ तथा मिडिया क्षेत्रका विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण स्वरूप एसियन पेन्ट्सले “कार्डिनल” लाई सन् २०२५ को वर्षको रङ (कलर अफ दी एयर) को रूपमा सार्वजनिक गर्यो। यो घोषणा ब्रान्डले नेपालको डेकोर उद्योगमा नवीनता, रचनात्मकता र डिजाइन नेतृत्वप्रति देखाएको प्रतिबद्धताको संकेतका रूपमा गरिएको हो।
२००३ देखि नै विश्वव्यापी स्तरमा रंग र फिनिशिङ ट्रेन्ड पूर्वानुमानमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एसियन पेन्ट्सले ‘कलर नेक्स्ट’ कार्यक्रममार्फत हरेक वर्ष समाजमा चलिरहेका सांस्कृतिक र सामाजिक प्रवृत्तिहरूको विश्लेषण गरी त्यस अनुसारको डिजाइन, रङ, सामग्री, टेक्स्चर र फिनिशिङ ट्रेन्ड प्रस्तुत गर्दै आएको छ।
कार्यक्रमको सुरुवातमा एसियन पेन्ट्सका ग्लोबल रिजनल हेड बुद्धदित्य मुखर्जीले नेपालका आर्किटेक्ट र इन्टेरियर डिजाइनरसँगको सहकार्यलाई अझ मजबुत बनाउने लक्ष्य राखिएको बताउँदै, सृजनशीलता प्रवर्द्धनमा कम्पनीको निरन्तर प्रयास रहने स्पष्ट पारे।
असार १, २०८२ आइतबार १४:४१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।