प्रतिनिधिसभा बैठक सुरू, रोकिएन रास्वपाको नाराबाजी र वेल घेराउ

काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरू भएको छ। बैठक सुरू भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध जनाएका छन्।
बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि रास्वपाका सांसदहरूले वेल घेरेर विरोध जनाएका हुन्।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) संसद सञ्चालनमा सहमत भए पनि रास्वपा र राप्रपाले अवरोध कायम राखेपछि आइतबार सभामुखले प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए।
छलफलमा दुवै दलले आफ्नो अडान यथावत् राख्दै सदन नचल्ने संकेत दिएका थिए।
असार १, २०८२ आइतबार १३:११:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।