त्रिदेशीय टी २० क्रिकेट शृंखला आजदेखि सुरु, नेपालले सोमबार नेदरल्यान्ड्ससँग खेल्ने

त्रिदेशीय टी २० क्रिकेट शृंखला आजदेखि सुरु, नेपालले सोमबार नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं : आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ।

स्कटल्यान्डमा हुने शृंखलाको पहिलो खेलमा आइतबार घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै छन्। 

खेल ग्लास्गोमा नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन्। 

तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी २० शृंखला गुमाउने छन्।

असार १, २०८२ आइतबार ०८:४७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।