सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक

सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।

आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ।

बैठकमा प्रमुख दलका प्रमुख सचेतकहरुको सहभागीतामा संसदको क्यालेन्डरलगायतका विषयमा छलफल हुनेछन्।

प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोधको कारण बजेटमाथिको छलफद अघि बढ्न सकिरहेको छैन। यसबारेमा पनि सभामुखले नियमित छलफल चलाइरहेका छन्।

असार १, २०८२ आइतबार ०८:३३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।