ट्रम्प नीतिको विरोध गर्ने तयारी चलिरहेका बेला अमेरिकामा डेमोक्र्याटिक सांसदको गोली हानी हत्या

ट्रम्प नीतिको विरोध गर्ने तयारी चलिरहेका बेला अमेरिकामा डेमोक्र्याटिक सांसदको गोली हानी हत्या

एजेन्सी : अमेरिकाको मिनेसोटा राज्यमा शनिबार बिहान एक बन्दुकधारीले डेमोक्र्याटिक पार्टीका दुई सांसदमाथि गोली चलाउँदा एक सांसदको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्। 

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा हजारौं मानिस सडकमा उत्रने तयारी गरिरहेका बेला अमेरिकामा गोली हानाहान भएको हो।

संदिग्ध आक्रमणकारी अझै फरार रहेको र व्यापक खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र महान्यायाधिवक्ता पाम बोन्डीले हिंसाको निन्दा गर्दै दोषीलाई ’कानूनको पूर्ण दायरामा’ ल्याउन मुद्दा चलाइने बताए। 

राज्यका पूर्व सभामुख मेलिसा होर्टम्यान र उनका पति मार्कको मिनियापोलिस नजिकैको आफ्नै घरमा आक्रमण भएको गभर्नर टिम वाल्जले पत्रकार सम्मेलनमा जानकारी दिए। 

मिनेसोटा अपराध नियन्त्रण विभागका सुपरिटेन्डेन्ट ड्रू इभान्सका अनुसार हफम्यान र उनकी श्रीमतीलाई पहिले गोली हानिएको थियो र प्रहरीले अनुसन्धान गर्दा होर्टम्यान र उनका पतिलाई करिब ९० मिनेटपछि गोली हानिएको थियो।

होर्टम्यानको निवास नजिकै अधिकारीहरूसँग गोली हानाहान हुँदा संदिग्ध बन्दुकधारी भाग्न सफल भएको इभान्सले पत्रकारहरूलाई बताए।

एबिसी न्यूजले अनुसन्धानमा संलग्न स्रोतलाई उद्धृत गर्दै भनेको छ, “दुवै घटनामा आक्रमणकारीले कानुन कार्यान्वयन गर्ने अधिकारीको भेष धारण गरेको अधिकारीहरूले अनुमान गरेका छन्।”

स्थानीय टिभी स्टेशन केएसटीपीका अनुसार प्रहरीले खैरो केश भएका, निलो सर्ट र निलो पाइन्टमाथि कालो बडी आर्मर लगाएका एक गोरा व्यक्तिको खोजी गरिरहेको छ।

गत जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्केपछि संयुक्त राज्य अमेरिकी समुदाय गहिरोरूपमा विभाजित भएको छन्।

रिपब्लीकन राष्ट्रपतिले आफ्नो कठोर निर्वासन नीति, विश्वविद्यालय र मिडियामाथिको आक्रमण र कार्यकारी शक्तिको सीमाको उल्लङ्घन गरेको भन्दै डेमोक्र्याटिकको आलोचना गरेका छन्।

जेठ ३१, २०८२ शनिबार २३:४५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।