इरानको क्षेप्यास्त्र आक्रमणपछि इजरायलका धेरै भागमा साइरन बज्यो, लाखौं मानिस आश्रयस्थलमा

जेरुसेलम : इरानले शनिबार बिहान इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेपछि देशका धेरै भागहरूमा खतराको साइरन बजेको छ।
साइरनको आवाज सुनेपछि लाखौं मानिसहरू सुरक्षित स्थान तथा आश्रयस्थलतर्फ लागेका थिए।
इजरायलले धेरैजसो क्षेप्यास्त्रहरूलाई हावामै खसालेको थियो। तर, प्रारम्भिक रिपोर्ट अनुसार केही क्षेप्यास्त्रहरू भने आफ्नो लक्ष्यमा पुगेर क्षति पुर्याएका थिए।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा इजरायलको आवासीय क्षेत्रमा क्षेप्यास्त्र खसेको देख्न सकिन्छ। ती तस्बिरहरूमा सडकहरूमा भग्नावशेष छरिएको, सवारी साधनहरू क्षतिग्रस्त भएको र घरको केही भाग भत्किएको देखिएको छ।
प्रारम्भिक जानकारी अनुसार, केही मानिसहरू घाइते भएका छन्।
यद्यपि, सुरक्षा कारणले गर्दा अधिकारीहरूले क्षेप्यास्त्रहरू कहाँ खसे भन्ने विस्तृत जानकारी अझै सार्वजनिक गरेका छैनन्। यसले इरानलाई रणनीतिक फाइदा दिन सक्ने बताइएको छ।
जेठ ३१, २०८२ शनिबार १०:५८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।