ऐश्वर्यादेखि प्रियंकासम्म : बलिउडका यी चर्चित अभिनेत्रीहरू, जो श्रीमानभन्दा जेठी छन्

ऐश्वर्यादेखि प्रियंकासम्म : बलिउडका यी चर्चित अभिनेत्रीहरू, जो श्रीमानभन्दा जेठी छन्

काठमाडौं : बलिउड फिल्म उद्योग जति विशाल छ, यससँग सम्बन्धित किस्सा र रोचक तथ्यहरू पनि उत्तिकै धेरै छन्। यस्तै एक रोचक पाटो हो, केही सफल र चर्चित अभिनेत्रीहरूले आफूभन्दा कम उमेरका पुरुषहरूसँग विवाह गर्नु।

परम्परागत सोचभन्दा बाहिर निस्कँदै उमेरलाई सम्बन्धमा बाधक नमानेका यस्ता केही बलिउड जोडीहरूको चर्चा यहाँ गरिएको छ। यस सूचीमा ऐश्वर्या राय बच्चन, प्रियंका चोपडा, कट्रिना कैफ र सोहा अली खान जस्ता नामहरू प्रमुख छन्।

ऐश्वर्या राय बच्चन
पूर्व विश्व सुन्दरी तथा अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्ना श्रीमान अभिषेक बच्चनभन्दा दुई वर्ष जेठी छिन्। सन् १९७३ नोभेम्बर १ मा जन्मिएकी ऐश्वर्याले सन् १९७६ फेब्रुअरी ५ मा जन्मिएका अभिषेकसँग सन् २००७ अप्रिल २० मा विवाह गरेकी थिइन्। उनीहरूको एक छोरी आराध्या छिन्।

सोहा अली खान
अभिनेत्री सोहा अली खान आफ्ना श्रीमान कुणाल खेमुभन्दा झन्डै पाँच वर्ष जेठी छिन्। सोहाको जन्म सन् १९७८ अक्टोबर ४ मा भएको थियो भने कुणाल सन् १९८३ मे २५ मा जन्मिएका हुन्। यो जोडीले सन् २०१५ जनवरी २५ मा लगनगाँठो कसेको थियो।

कट्रिना कैफ
बलिउडकी लोकप्रिय अभिनेत्री कट्रिना कैफ पनि आफ्ना श्रीमान विक्की कौशलभन्दा करिब पाँच वर्ष जेठी छिन्। कट्रिनाको जन्म सन् १९८३ जुलाई १६ मा भएको हो भने विक्की सन् १९८८ मे १६ मा जन्मिएका हुन्। यो जोडीले सन् २०२१ डिसेम्बर ९ मा भव्य विवाह गरेको थियो।

प्रियंका चोपडा
ग्लोबल स्टार बनिसकेकी प्रियंका चोपडा र उनका श्रीमान अमेरिकी गायक तथा अभिनेता निक जोनसबीचको उमेर अन्तर बलिउडमा सर्वाधिक चर्चामा रहनेमध्ये पर्छ। प्रियंका निकभन्दा १० वर्ष जेठी छिन्।

प्रियंकाको जन्म सन् १९८२ जुलाई १८ मा भएको थियो भने निक सन् १९९२ सेप्टेम्बर १६ मा जन्मिएका हुन्। उनीहरूले सन् २०१८ डिसेम्बर १ मा विवाह गरेका थिए।

जेठ ३१, २०८२ शनिबार ०७:३६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।