ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काँक्रेविहार : भेरी करिडोर हुँदै जाजरकोटको नलगाड नगरपालिका-७ दल्लीबाट सरिया बोकेर कार्यखेततर्फ जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्रयाक्टर आज दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नलगाड नगरपालिका-८ बगरा स्थायी ठेगाना भएका चालक १९ वर्षीय विनोद परियारको मृत्यु भएको हो।
रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार गर्दागर्दै परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रयाक्टरमा सवार अर्का घाइते नलगाड-७ चामेखेतका जयबहादुर परियारलाई उपचारका लागि नेपालगञ्ज पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।
जेठ ३१, २०८२ शनिबार ०६:५५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।