देश विकासको गति तीव्र रुपमा अगाडि बढाउन आवश्यक छ : गर्भनर पौडेल

देश विकासको गति तीव्र रुपमा अगाडि बढाउन आवश्यक छ : गर्भनर पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको गति तीव्र रुपमा अगाडि बढाउन आवश्यक रहेको बताएका छन्। 

आईएमई लिमिटेडको २५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आईएमई लिमिटेडले विगतदेखि नै देशको विकासमा योगदान गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि योगदानको निरन्तरता रहने विश्वास व्यक्त गरे। 

उनले भने,‘हाम्रो देशको विकासको जुन गति छ यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने छ। सक्दाखेरी र सक्नेजति जति यो देशको लागि योगदान गर्नुभएको छ। यो योगदान चाँही निरन्तर रुपमा रहिरहोस्।’

त्यस्तै उनले प्रायजसो कम्पनीहरू चाँडै बन्द हुने अवस्था रहेकोमा आईएमई लिमिटेड २५ वर्षसम्म चल्नुपनि ठूलो कुरा रहेको धारणा राखे। 

उनले भने,‘हाम्रो जस्तो देशमा २५ वर्षसम्म यसरी कम्पनीहरू चल्नुपनि ठूलो कुरा हो । धेरै कम्पनीहरूको चाँडै बन्द हुन्छ ।’

जेठ ३०, २०८२ शुक्रबार २०:४७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।