संसद्लाई दिइयो माधव नेपालको सांसद पद निलम्बनसम्बन्धी जानकारी

काठमाडौं : प्रतिनिधि सभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनसम्बन्धी जानकारी दिइएको छ।
सभामुख देवराज घिमिरेले सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हुनाले उक्त मुद्दाको किराना नहुँदासम्म सांसद पद स्वतः निलम्बन हुने सदनलाई जानकारी दिए।
आयोगले पताञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा खरिदका सम्बन्धमा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी भएको भन्ने अभियोग पूर्व प्रधानमन्त्री नेपालविरुद्ध दर्ता गरेकाले उनको सांसद पद स्वतः निलम्बन भएको सभामुख घिमिरे सदनलाई जानकारी गराए।
सभामुख घिमिरले तत्कालीन माओवादीबाट २०६४ सालमा संविधानसभामा समानुपातिक सदस्यमा निर्वाचित वीरेन्द्र ज्वारचनको ६९ वर्षको उमेरमा निधन भएकोप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको घोषणा गरे। समाजसेवीसमेत रहनुभएका उनको जेठ २९ गते मुस्ताङस्थित आफ्नो निवासमा मृत्यु भएको थियो।
प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते आइतबार ११ः०० बजे बस्ने छ।
जेठ ३०, २०८२ शुक्रबार १९:३६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।